अनुसूची
अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्क १८१८ एच. स्ट्रिट, एन.डब्लू. वाशि·टन २५, डी.सी. प्रस्ताव नं. १४४ नेपाललाई बैंङ्कको सदस्यता

बैंङ्कको सम्झौताको
धारा २ को दफा १ (ख) बमोजिम नेपाल सरकार, नेपालले अन्तर्राष्ट्रिय
पुनर्निर्माण एवं विकास बैंङ्कको सदस्यताको लागि निवेदनपत्र दिएको, र
बैंङ्कको वाइ–लजको दफा २० बमोजिम कार्यकारी सञ्चालकहरूले नेपालका प्रतिनिधिहरूसंग
परामर्श गरी यस निवेदनपत्र बारे गभर्नरहरूको बोर्डमा सिफारिश पेश गरेकोले,
गभर्नरहरूको बोर्डले देहायको शर्त र अवस्थाहरूमा नेपाललाई बैंङ्कको सदस्यतामा प्रवेश गराउने प्रस्ताव
गरेकोछः–
१. परिभाषाः यो प्रस्तावमा प्रयोग गरिएबमोजिमको,–
(क) “बैंङ्क” भन्नाले अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्क सम्झनु पर्छ ।
(ख) “धाराहरू” भन्नाले बैंङ्क सम्झौताका धाराहरू सम्झनु पर्छ ।
(ग) “डलरहरू” भन्नाले सन १९४४, जुलाई १ मा चालू भएको तौल र नाप
(फाइननेस) को संयुक्त राज्य डलरहरू सम्झनु पर्छ ।
(घ) “चन्दा” भन्नाले सदस्यले चन्दा दिएको बैंङ्कको मूल धन (क्यापिटल स्टक) सम्झनु
पर्छ ।
(ङ) “सदस्य” भन्नाले बैंङ्कको सदस्य सम्झनु पर्छ ।

२. चन्दाः बैंङ्कको सदस्यता स्वीकार गरी नेपालले बैंङ्कको मूल धनको प्रत्येक शेयरको १००,०००
डलरको सममूल्य (पार भ्यालु) को १०० शेयरको निमित्त चाहिने रकम चन्दा बुझाउनु पर्छ ।

३. कोषको सदस्यताः बैंङ्कको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपालले अन्तर्राष्ट्रिय द्रव्य कोषको
सदस्यता स्वीकार गरी सो कोषको सदस्य बन्नु पर्छ ।

४. चन्दाको भुक्तानीः (क) बैंङ्कको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपालले ती शेयरहरूका ½
भागको बुझाउनु पर्ने चन्दाको रकम बापत देहायबमोजिम बैंङ्कलाई बुझाउनु पर्छः–

बैंकले तोकिदिएका समयहरूमा तोकिदिएका शर्तहरू बमोजिम कोषको अरू सदस्यहरूको निमित्त सदस्यता खुला रहनेछ ।
(१) सो रकमको २ प्रतिशत सुन वा संयुक्त राज्य डलरहरू, र
(२) सो रकमको १८ प्रतिशतको प्रचलित विनिमय दरबमोजिम हुन आएको आÇनो
मुलुकको मुद्रा ।
(ख) ती शेयरहरूको अर्को ½ भागको बुझाउनु पर्ने चन्दाको रकम बापत सुन वा
संयुक्त राज्य डलरहरूमा बुझाउनु पर्ने २ प्रतिशत भाग र सदस्यको मुद्रामा बुझाउनु पर्ने १८
प्रतिशत भागलाई गभर्नरहरूको बोर्डको प्रस्ताव नं.१२८ बमोजिमको चन्दाको रकमको २ प्रतिशत
र १८ प्रतिशत भागको सम्बन्धमा गरिएकै आधारमा, प्रस्ताव नं. १२९ मा लेखिएबमोजिम असूल
नगरी बाँकी राखिनेछ ।
५. जाहेरी र सूचना पठाउनेः बैंङ्कको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपालले स्वीकृतिको
लिखतलाई हस्ताक्षर गरी दाखिल गर्न र यस प्रस्तावको प्रकरण ६ (घ) र (ङ) मा
लेखिएबमोजिमको धाराहरूमा हस्ताक्षर गर्न आवश्यक सबै काम कारवाई गरी सकेको छ भन्ने
कुराको जाहेरी बैंङ्कलाई पठाउनु पर्छ र बैंङ्कले ती काम कारवाईका सम्बन्धमा अनुरोध
गरेबमोजिमको सूचना नेपालले बैंङ्कलाई पठाउनु पर्छ ।

६. सदस्यता स्वीकार गर्नेः नेपालले निम्नलिखित आवश्यकताहरू पूरा गरेको मितिमा यो प्रस्तावको
प्रकरण २ मा लेखिएबमोजिमको चन्दादाताको रूपमा बैंङ्कको एक सदस्य हुनेछ ः–
(क) अन्तर्राष्ट्रिय द्रव्य कोषको सदस्य भै,
(ख) यो प्रस्तावको प्रकरण ४ बमोजिम भुक्तानी मागिएको रकम भुक्तानी गरी,
(ग) यो प्रस्तावको प्रकरण ५ बमोजिम मागिएको जाहेरी र सूचना पठाई,
(घ) नेपालले आफ्नो कानून अनुसार यो प्रस्तावमा लेखिएबमोजिमका सबै शर्त र
अवस्थाहरू र धाराहरू स्वीकार गरेकोछ र धाराहरू र यो प्रस्ताव अन्तर्गत आफ्नो
सबै दायित्वहरू पूरा गर्नको निमित्त नेपालले आवश्यक सबै कदमहरू उठाई
सकेकोछ भन्ने जाहेरीको लिखत संयुक्त राज्य अमेरिकाको सरकारमा दाखिल गरी,
(ङ) संयुक्त राज्य अमेरिकाको सरकारको अभिलेख गृह (आर्चिभ्स) मा रहेको
धाराहरूको मूल प्रतिलिपिमा हस्ताक्षर गरी ।
७. सदस्यता स्वीकार गर्ने हद अवधिः नेपालले सन् १९६१, मार्च ३१ सम्ममा यो प्रस्तावबमोजिम
बैंङ्कको सदस्यता स्वीकार गर्न सक्नेछ, तर असाधारण परिस्थितिले गर्दा यो प्रस्तावबमोजिम
नेपालले सदस्यता स्वीकार गर्न सक्ने हद अवधि बढाउन पर्ने भनी कार्यकारी सञ्चालकहरूले
देखेमा सो अवधिलाई बढाउन सक्नेछ ।